दफा २१५
अंश छोडपत्र गर्न सक्ने

(१) कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्नसक्नेछ ।
(२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति,पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नावालक अंशियारको अंश हक छोडपत्र गर्नसकिने छैन ।
(३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ ।
(४) अंश छोडपत्र गर्दा वा अंश बुझिलिनु पर्दा अंशियार आफैँउपस्थित हुनु पर्नेछ । तर निज उपस्थित हुन नसकेमा त्यसप्रयोजनका लागि निजले कानून बमोजिम अधिकृत वारेस नियुक्ति गर्नु पर्नेछ ।